बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

१० बर्षदेखि लिम्बुवान आन्दोलनमा लागेका अभियन्ता कांग्रेस प्रवेश

बिहिबार, कार्तिक २३ २०७४

तेह्रथुम कात्तिक, २३–
संघीय लिम्बुवान मञ्चका छथर कमाण्डर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।  १० बर्षदेखि लिम्बुवान आन्दोलनमा होमिएका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्चका पूर्व जिल्ला कार्य समिति सदस्य  निरविन्दु थोक्लेन कांग्रेस प्रवेश गरेका हुन् । उनलाई तेह्रथुम कांग्रेसका सभापति गोविन्द ढुंगानाले पार्टीमा स्वागत गरेका हुन् । 

संविधान जारी भएसँगै संघीयता कार्यान्वयनको दिशामा रहेकाले  भर्खरै सम्पन्न स्थानीय चुनावले पहिचानको आन्दोलनलाई सफल बनाईसकेको र त्यसलाई थप मजबुत गराउन सहयोग पुगोस भनेर कांग्रेस प्रवेश गरेको उनको भनाई छ । 

मन्चले गएको स्थानिय निर्वाचनमा थोक्लेनलाई  छथर गाउँपालिका–४ मा वडाध्यक्षमा उम्मेदवार बनाएको थियो । उक्त पार्टी प्रवेश कार्यक्रममा बोल्दै  कांग्रेस जिल्ला सभापति समेत रहेका  ढुंगानाले लोकतन्त्रको रक्षाका निम्ति आम न्यायप्रेमी जनताहरुबीच एकताको खाँचो रहेकोमा जोड दिए ।