बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

‘समस्याको जड भनेको गणतन्त्र हो, यसलाई जरैबाट उखेलेर फाल्नुपर्छ’– शाही यूवा शक्ति नेपाल

मंगलबार, कार्तिक २१ २०७४

काठमाडौ कात्तिक,२१–
शाही युवा शक्ति नेपालले विदेशीको इशारामा चोरबाटोबाट ल्याइएको गणतन्त्र खारेज गर्नु पर्ने माग गरेको छ । सोमबार काठमाडौंको गोंगबु चोकमा पूर्व राजा ज्ञानेन्द्र शाहको देशका नाममा जारी विज्ञप्तीको स्वागतार्थ आयोजना गरेको दिप प्रज्वलन तथा ¥यालीमा शाही युवा शक्ति नेपालले विदेशीको इशारामा चोरबाटोबाट ल्याइएको गणतन्त्र खारेज नगरेसम्म नेपाल र नेपालीको भविष्य अन्यौलमा नै रहने भन्दै गणतन्त्र खारेजीको माग गरेको हो ।
 
गोगंवु चोकको सडकमा हजारौं यूवाहरु उतारेको शाही युवा शक्ति नेपालले नजिकिदै गरेको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन पनि खारेजीको माग गरेको छ । राजसंस्था नै नेपालको इतिहास भएकोले राजसंस्थालाई पाखा लगाएर नयाँ नेपाल बन्नै नसक्ने समेत ठोकुवा गरेको छ । राजसंस्था नभए देशको राष्ट्रियता पनि खतरामा पर्ने शाही युवा शक्ति नेपालको भनाई छ । 

शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले नेताहरु स्वार्थपूर्तिको निम्ती छिमेकीले जे सिकायो त्यहि काममा होमिने प्रवृत्ति रहेकाले छिमेकीको इशारामा ल्याइएको गणतन्त्र नेपालमा रहिरहे  देश टुक्रिने दाबी  गरे । उनले राजसंस्थाले एकीकरण गरेको नेपाल अहिले गणतन्त्रको हिमायतीले टुक्राउनेतर्फ अघि बढेको रहेको आरोप लगाए । 
‘नयाँ नेपाल बनाउने निहुँमा इतिहासलाई मेट्ने काम भएको छ, नेपालको राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता, राष्ट्रियता गुम्ने खतरा बढेर गएको छ, नेपाली जनताको चाहना विपरित विदेशीको इशारामा गणतन्त्र, धर्म निरपेक्षता र संघीयता जबर्जस्ती लाद्ने काम भएको छ, यो हामीलाई किमार्थ मान्य छैन’ उनले भने  । उनले  नेपालको विद्यमान समस्याको जड नै गणतन्त्र भएको भन्दै त्यसलाई जरैबाट उखेलेर फालेपछि समस्याको समाधान हुने दाबी गरे । ‘अब जनता सुतेर होइन, जागेर बोल्ने बेला आएको छ, हाम्रो राष्ट्रियता खतरामा पर्नुबाट जोगाउनु पर्छ, अब जागौं, असफल गणतन्त्रको विरोध गरौं, राजतन्त्र पूर्नवहाली गरौं’ उनले भने । 
शाही युवा शक्तिले राजतन्त्र पूर्नस्थापना र गणतन्त्रको खारेजीको लागि उपत्यका केन्द्रित आन्दोलनलाई निरन्तरता दिने समेत बताएको छ ।