बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

थामिएन नेप्सेको घट्ने क्रम, लगानीकर्ताको मनोबल गिर्दो

मंगलबार, कार्तिक २१ २०७४

 
काठमाडौ कात्तिक, २१–
नेप्से लगातार घटेपछि लगानीकर्ताहरु हत्तोत्साही भएका छन् ।  मंंगलबार पनि नेप्से ८ दशमलव ९७ अंकले घटेर १४ सय ८४ दशमलव ४५ अंकमा पुुगेको छ । सेन्सिटिभ एक दशमलव ८५ अंकले घटेर ३ सय ११ दसमलव ८८ अंकमा पुुगेको छ । आज १ सय ५९ कम्पनीहरुको ५ हजार ७५ वटा कारोबारमा ११ लाख २९ हजार ९ सय ९ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ४२ करोड ४४ लाख ४६ हजार ७ सय ५६ रुपैयाँ पुुगेको छ । 
 
आज कुुल ९ वटा समुहको कारोबार भएकोमा ट्रडिङ सूुहको सुचक बढेर बाँकी समूहको सुचक घटेका छन् । बीमा समूहको सुचक ४९ दशमलव ७३ अंकले घटेर ८ हजार १ सय ३४ दशमलव १३ अंकमा पुुगेकोमा ८ करोड ५१ लाख ७२ हजार ८ सय रुपैयाँको सेयर किनबेच भएको छ । होटल समूहको सुचक पनि ४६ दशमलव ९४ अंकले घटेर २२ सय ६० दशमलव ७१ बिन्दुुमा झरेकोमा १५ लाख ५८ हजार ५ सय ६० रुपैयाँको सेयर किनबेच भएको छ । 
बाँणिज्य बंैंक समूहको सुचक ७ दशमलव ४९ अंकले घटेर १२ सय ६७ दशमलव ३९ बिन्दुुमा झरेकोमा १७ करोड ३१ लाख ३६ हजार रुपैयाँको सेयर किनबेच भएको छ । 
बिकास बैक, जलबिद्युुत, फाईनान्स, अन्य र लघुबित्त समुहको सुचक पनि घटेको छ । आज कमाउने र गुुमाउने कम्पनीहरु यस्ता रहेका छन् । 
कमाउने ५ कम्पनीहरु (रकम रुपैयाँमा) 
क्रस कम्पनीको नाम आजको कारोबार भएको मूल्य आजको बढेको मूल्य 
१ सुुर्योदय लघुबित्त संस्था १०९७ ८.०८
२ रिलायन्स फाईनान्स २१३ ५.९७
३ मल्टीपर्पोस फाईनान्स २६८ ३.८८
४ जनउत्थान सामुुदायिक लघुबित्त ३४६८ ३.०३
५ युुनाईटेड मोदी हाईड्रो पावर २४५ २.०८
गुुमाउने ५ कम्पनीहरु (रकम रुपैयाँमा) 
क्रस कम्पनीको नाम आजको कारोबार भएको मूल्य आजको घटेको मूल्य 
१ कावेली बिकास बैंक ३०४ ७.३१
२ ओरन्टल होटल प्रालि ६९९ ५.४१
३ कालिका माईक्रो क्रेडिट १६६७ ५.३४
४ अपी पावर लिमिटेड ४९५ ३.८८
५ सिद्धार्थ इन्स्योरेन्स कम्पनी १०८५ ३.५५