बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बर्षमान भन्छन्ः गोरखामा बाबुरामको हार निश्चित छ, कांग्रेसले पनि माओवादीलाई भोट हाल्छ

सोमबार, कार्तिक २० २०७४

काठमाडौं कात्तिक, –
माओवादी केन्द्रका प्रभाशाली नेता बर्षमान पुन अनन्तले नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई संसदमा आवश्यक पर्ने मान्छे भएपनि अब त्यो सम्भावना सकिएको बताएका छन् । नेता पुनले बाबुराम भट्टराईले वाम गठवन्धनले भनेको नमान्दा गोरखाबाट निर्वाचन हार्ने निश्चित भएको बताएका हुन् ।
गोरखा २ माओवादीको गढ भएको भन्दै उनले झन एमाले पनि मिसिएपछि बाबुरामको हार तथा नारायणकाजीको जित सुनिश्चत भएको प्रष्ट पारे । 

बाबुराम भट्टराई गोरखाबाट नउठेर वाम गठवन्धनले भने जस्तो काठमाडौंबाट निर्वाचन लडेको भए उनले निर्वाचन जित्ने पुनको भनाई छ । उनले बाबुरामसँग वार्ता गर्दा गर्दै गठवन्धन छाडेर गएको भन्दै नारयणकाजीको गठवन्धन निर्माणमा पनि उल्लेख्य भूमिका रहेको जानकारी गराए । त्यसैले बाबुरामलाई गोरखाली जनाताले मतदान नगर्ने नेता पुनले प्रष्ट पारे । गोरखामा हरेक दिन नयाँ शक्तिका नेता कार्यकर्ता माओवादीमा प्रवेश गरेकाले पनि माओवादीले जित्ने उनको दाबी छ । 
नेता पुनले माओवादी र एमालेले मात्र होईन कांग्रेसले समेत नारायणकाजीलाई भोट हाल्ने प्रष्ट पारे ।