काठमाडौं कात्तिक, २०–
युवाहरुको मन मनमा बस्न सफल लोकप्रिय नव गायक चेतन बोहरा तथा र्यापर राजेन्द्र भट्ट ( मिस्टर आर जे) को स्वरमा रहेको ‘धौलीको ब्या’ भन्ने डोटेली भाषामा रहेको डिजे गितको म्युजिक भिडियो शुक्रवार सार्वजनिक भएको छ । चर्चित मोडेल तथा गायक चक्र बम अन्जली अधिकारी , राजेन्द्र भट्ट (मिस्टर आर जे) र स्वयंम गायक चेतन वोहराको समेत अभिनय रहेको छ । उक्त म्युजिक भिडियो तिर्सना म्युजिक प्रा .ली. ले सार्वजनिक गरेको हो। लोप हुदै गर्इरहेको डोटेली भाषा र संस्कृतीकोे जगेर्ना गर्न सो गीतले महत्वपुर्ण योगदान पुर्याउन सक्ने कुरा यस गीतका गायक तथा मोडेल चेतन बोहराले जानकारी दिए ।