बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

१ करोड ६१ लाख नाफा कमायो लुम्बिनी बिकास बैंकले

सोमबार, कार्तिक २० २०७४

काठमाडौ कात्तिक, २०–
लुम्बिनी बिकास बैंकले चालुु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा १ करोड ६१ लाख ४८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ३ करोड ३४ लाख २४ हजार रुपैयाँ रहेको थियो । 
चुक्ता पुंजी २ अर्ब ८८ लाख ७८ हजार रुपैयाँ रहेको बैकले चालुु आवको पहिलो त्रैमासमा १८ अर्ब ४५ करोड ६७ लाख ४८ हजार रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब ९० करोड ८५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । घरजग्गा क्षेत्रमा एक अर्ब ७५ करोड ७५ लाख ९६ हजार रुपैयाँ कर्जा प्र्रवाह गरेको बैंकले सो अवधिमा १० करोड ७८ लाख ४३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । प्रोभिजन रकम २ करोड ५८ लाख ३३ हजार रुपैयाँ रहेको बैकमा ३ दशमलव १६ प्र्रतिशत कर्जा निष्क्रिय रहेको छ ।