काठमाडौं कात्तिक, २०–
आईतबार राति सिन्धुलीमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ । सिन्धुलीको फिक्कल गाउँपालिका ४ मा गएराति भएको जीप दुर्घटनामा भएको थियो । सिन्धुलीको खुर्कोटबाट खाङसाङतर्फ जाँदै गरेको बा ७ च ३६९५ नम्बरको जीप आईतबार राति ९ बजे सडकबाट करिब १ सय मिटर तल खेतमा खसेको थियो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार उक्त दुर्घटनामा परी मृत्यु हुनेहरुमा फिक्कल गाउँपालिका–४ का अन्दाजी ४० वर्षीय अम्बरबहादुर दर्लामी, सोही ठाउँकै रामप्रसाद बराल, ५९ वर्षीय दिलबहादुर र ६० वर्षीय नरबहादुर बलमपाखी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका एकजनाको काठमाडौंमा तथा अन्यको खुर्कोटमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।