बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पहिलो पटक प्राईभेट मनि ट्रान्सफर कम्पनीको कोरियाबाट कारोबार शुरु

सोमबार, कार्तिक २० २०७४

काठमाडौं कात्तिक,२०–
ग्लोबल मनि एक्सप्रेसले कोरिएन मनि टन्सफर कम्पनीलाई  नेपाल भित्र्याएको छ । कोरियन सरकारको तर्फबाट प्राईभेट मनि टन्सफर कम्पनीलाई स्वीकृती दिएर काम सुरु गर्ने ग्लोबल मनि एक्सप्रेस पहिलो रेमिट्यान्स कम्पनी भएको हो  ।
 सन् २०१३ देखि नै कोरियाबाट रेमिट्यान्स नेपालमा भित्र्याउदै आएता पनि  कोरियामा कोरियन सरकारको तर्फबाट प्राईभेट मनि टन्सफर कम्पनीलाई  ग्लोबल आइएमई बैंकले बल्ल अहिले स्वीकृती दिएको हो ।   कोरियामा ग्लोबल मनि एक्सप्रेस  को स्थापना संगै यसका शाखा तथा अनलाईनबाट सजिलैै छिटो छरितो रुपमा नेपालमा पैसा पठाउन सकिने बैंकले जनाएको छ ।  

 उक्त रकम रकम ग्लोबल आइएमई बैंकका नेपालमा रहेका सम्पूर्ण शाखाहरु तथा नेपालभर रहेका ७ हजार  भन्दा बढि एजेन्टहरु मार्फत १० मिनेट भित्रमा प्राप्त गर्न सकिने समेत बैंकले जनाएको छ । 
मनि टन्सफर कम्पनीको उदघाटन समारोहमा बोल्दै बोल्दै कोरियाका लागि नेपाली राजदुत महामहिम अर्जुन जंग बहादुर सिंहले कोरियामा ग्लोबल मनि एक्सप्रेस  को स्थापना संगै हाल बिभिन्न अनौपचारिक माध्यमबाट नेपालमा भित्रिईरहेको रेमिट्यान्सलाई औपचारिक माध्यमबाट नेपाल भित्र्याउन ठुलो टेवा पुग्ने विश्वास व्यक्त गरे । 

 साथै उनले  रेमिट्यान्स नेपाल पठाउने यस्ता बिभिन्न अनौपचारिक माध्यमहरुलाई निरुत्साहित गरि राष्ट्र निर्माणमा आ–आफ्नो तर्फबाट हातेमालो गर्न समेत कोरिया लगायत अन्य राष्ट्रमा रहेका  सम्पूर्ण नेपालीलाई आग्रह समेत गरे । 
सो उदघाटन समारोहमा उद्योग बाणिज्य महासंघका उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल राष्ट बैकका कार्यकारी निर्देशक डा. बामदेव सिग्देल, नेपाल कोरिया चेम्बर अफ कर्मस इन्र्डिस्टिजका अध्यक्ष किरण प्रकाश शाँख तथा अन्य  बिशिष्ट ब्यक्तिहरुको समेत सहभागिता रहेको थियो ।  त्यस्तै, ग्लोबल आइएमई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्री सुमन शर्मा, लगायत कोरियमा  कार्यरत नेपालीहरु, एनआरएनका प्रतिनिधिहरु तथा  त्यहाँ रहेका बैंक तथा बित्तिय संस्थाका प्रमुखहरुको उल्लेख्य सहभागिता रहेको बैंकले जनाएको छ ।