काठमाडौं कात्तिक, २०–
गैरकानुनीरुपले अकुत सम्पत्ति आर्जन गरेको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका पुर्वप्रमुख आईजीपी उपेन्द्रकान्त आर्यालमाथि छानविन थालेको छ ।
पुर्वआईजीपी अर्याललाई आईतबार अख्तियारको मुख्यालय टंगालमा बोलाएर सम्पत्ति विवरण भराउँदै अख्तियारले छानविन थालेको हो ।
हामीले उहाँलाई अकुत सम्पत्ति आर्जन गरेको आशंकामा सम्पत्ति विवरण भर्न लगाएको हौं ।
अकुत सम्पत्ति आर्जन गरेको शंका लाग्ने किसिमका केही प्रमाण भेटिएकाले बोलोएका हौं अख्तियार एक उच्च अधिकारीले भने हामी अहिले छानविनको प्रारम्भिक चरणमा छौं ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।