बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बलेको आगो ताप्न खोज्ने कोमल ओलीलाई राजनीति गलपासो बन्दै

शुक्रबार, कार्तिक १७ २०७४

काठमाडौं कात्तिक, १७–
जागिर छाडेर राजनीतिमा लागेकी कोमल ओलीलाई अहिले राजनीति निल्नु न ओकेल्नु भएको छ । सांसद हुदै मन्त्री बन्ने महत्वकांक्षा पालेर हिन्दुराष्ट्रको मुद्धा बोकेको राप्रपामा प्रवेश गरेकी ओली पटक पटक चोईटिरहने राप्रपाबाट आफ्नो उदय हुने सम्भावना नदेखेपछि केही महिना पहिले मात्र एमाले प्रवेश गरेकी हुन् । 

ठुलो आशा बोकेर एमालेमा प्रवेश गरेकी ओलीले महिना दिनमै एमालेलाई धार्ने हात लगाउन पुगेकी छन् । पार्टी प्रवेश गरेको महिना दिनमै  सांसद र मन्त्री बन्ने धाको बेकेकी ओलीलाई त्यतिबेला बज्रपात पर्यो जतिबेला उनलाई पार्टी प्रवेश गराउदा बामदेव गौतम र शंकर पोखरेलले टिकट पक्का भनेको बचन पुरा गर्न सकेनन् । 

अपरिपक्कव चरित्र ओलीले तुरुन्त प्रदर्शन गरिहालिन एमाले भनेको धोकेबाजहरुको पार्टी रहेछ भनेर । उनले त्यति मात्र गरिनन् आफ्नै दलबिरुद्ध बागी उम्मेदवारी दर्ता समेत गर्न पुगिन् ।  जतिबेला ओली जागिर छाडेर राप्रपाको राजनीतिमा प्रवेश गर्दै थिईन उतिबेला दुईवटा राप्रपा मिल्ने छलफल भैरहेको थियो । तत्कालिन राप्रपा नेपालले धर्मको नाममा समानुपातिकबाट २५ स्थान जितेको थियो । कोमल ओलीलाई लाग्यो धर्मको आडमा राजनीति गर्ने राप्रपा नेपाल र राप्रपा मिल्यो भने यो ठुलो शक्ति बन्न पुग्छ र चाँडै शक्तिमा पुग्न सकिन्छ । 

त्यहि उदेश्य बोकेर ओली कमल थापा आफ्नो आदर्श नेता भएको भन्दै राप्रपामा प्रवेश गरिन् । उनले दुई पार्टी एकिकरण भए लगत्तै भएको महाधिबेशनमा सबैभन्दा धेरै मत प्राप्त गरेर केन्द्रीय सदस्य समेत पड्काईन् । कोमल ओलीको पृष्ठभूमि पनि पञ्चायत नै हो । त्यसैले सबैले सोंचे उनले आफू सुहाउदो दल छानिन् । तर, ओलीलाई त्यतिबेला चक्कर आउन थाल्यो जब, डा. प्रकाशचन्द्र लोहनीले पार्टी अलग भएको घोषणा गरे । त्यतिबेला ओलीले सोंचिसकेकी थिईन कि अब मन्त्री बन्ने सपना लगभग समाप्त भयो भनेर । अझै जव, पशुपतिले पनि राप्रपा फूटाईसकेपछि कोमल ओली पुरै भावविहल बन्न पुगिन् ।

उनले तत्कालै आफ्नो आदर्श नेता कमल थापाको अनुहारमा केपी ओलीको अनुहार देख्न थालिन् । अब कमल थापा, राप्रपा उनलाई कुरुप लाग्न थालिसकेको थियो ।
झनै स्थानीय तहमा राप्रपाको कमजोर उपस्थितिले ओलीलाई दल परिवर्तन गर्न बल पुर््यायो । बलेको आगो ताप्ने बानी परेकी ओलीले तत्काल शक्तिमा पुग्ने गतिलो भर्याङ एमालेलाई ठानिन् र टिकट पाउने मिठो आशामा गत महिना मात्र एमाले प्रवेश गरिन् । 
तर, बर्षौदेखि एमालेमा लागेकाले किन छोड्थे एक महिना पहिले पार्टीमा प्रवेश गरेकी ओलीलाई टिकट ? जब, ओली एमालेबाट पनि ठगिईन उनले एमालेलाई गाली गर्न सुरु गरिन् । बिहिबार उनले दाङमा एमालेकोबिरुद्ध बागी उम्मेदवारी समेत दर्ता गरेकी छन् । उनले ठोकुवा पनि गर्न थालेकी छन् कि निर्वाचन जित्छु भनेर । पटक पटक धोखा खादै आएकी ओलीले फेरि पनि निर्वाचन हारेर धोखा खाने निश्चित जस्तै छ । तावामा परेको माछो तातो भयो भनेर  वकवक गर्दा भुङरोमा खसे जस्तै ओलीलाई पनि त्यस्तै हुने देखिन्छ । 
पत्रकारिता र कलाकारितामा रमाएकी र अब्बल बनेकी ओलीले राजनीति शक्ति पनि हत्याउन खोज्दा आज यस्तो भएको पक्का हो ।