काठमाडौं कात्तिक, –
लामो समय मेगा बैंकको प्रमुख कार्यकारी(सिईओ) पद सम्हालेका अनिल केशरी शाहले सेञ्चुरी कमर्शियल बैंकको जिम्मेवारी सम्हाल्ने भएका छन् । शाहले सेञ्चुरी बैंकको प्रमुख कार्यकारी(सिओ) सम्हाल्ने बिषयमा सम्झौता भैसकेको बैंक स्रोतले जनाएको छ ।
केही समय पहिले सेञ्चुरीका सिओ अनुजमणी तिमिल्सिनाले राजिनामा दिईसकेपछि डेपुटी सिईओ जीवन भट्टराईलाई निमित्त प्रमूख कार्यकारीको जिम्मेवारी दिएको थियो ।
तिमिल्सिनाले चार्डपर्वकै मुखमा राजिनामा दिएपछि बोर्डले दशै र तिहार पछाडि नयाँ सिओ नियुक्त गर्ने सहमतिका आधारमा भट्टराईले बैंक सम्हाल्दै आएका थिए । देशका ठुला तथा मुर्धन्य बैंकहरुमा आफ्नो सफल कार्य कुशलता देखाउन सफल सेलिव्रेटी बैंकर अनिल केशरी शाहको आगमनले सेञ्चुरी कमर्शियल बैंकले आगामि दिनमा उल्लेख्य छलाङ मार्ने लगानिकर्ता तथा ग्रहाकहरुमा आशा पलाएको छ ।