काठमाडौ कात्तिक, १४–
राष्ट्र बैंकले एक बर्षिय मुुद्धती निक्षेपकोरुपमा बैंक तथा फाईनान्स कम्पनीहरुमा ९६ करोड २३ लाख रुपैयाँ राख्ने भएको छ । मंगलबार बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीह्रुलाई रकम लगानी गर्नको लागि राष्ट्र बैंकले प्रस्ताव आब्हान गरेको हो ।
रकम लगानीको लागि कात्र्तिक १९ गतेसम्म नेपाल राष्ट्र बैंकको बित्त व्यवस्थापन बिभागमा आफ्नो संस्थाले लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत उल्लेख गरी प्रस्ताव पेस गर्नुुपर्ने छ ।
कुुल रकम मध्ये २८ वटा बाँणिज्य बैकको लागि ७६ करोड ९८ लाख, राष्ट्रियस्तरका बिकास बैकका लागि १४ करोड ४४ लाख र राष्ट्रियस्तरका फाईनान्स कम्पनीहरुका लागि चार करोड ८१ लाख रुपैयाँ छुुट्याएको छ ।
जारी मिती २०७४ मंसिर एक गते तोकिएको लगानीको परिपक्व हुुने अवधि भने २०७५ मंसिर एक गते तोकिएको छ । रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनास कम्पनीहरुले कम्तीमा पनि सञ्चालनमा आएको दुुई बर्ष पुुगेको हुुनुुपर्ने, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको हुुनुुपर्ने, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको हुनुुपर्ने प्रावधान रहेको छ ।
खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको, कर्जा तथा स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको, निकटतम अघिल्लो आ.व.मा सञ्चालन मुनाफा (ब्यवस्था पछिकोमा रहेको, रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको हुुनुुपर्ने प्रावधान रहेको छ ।