काठमाडौं कात्तिक, १४–
कुनै पनि तारे होटलमा क्यासिनो संचालन गर्न होटल पनि नियमित संचालन भएको हुनपर्छ । बानेश्वरमा रहेको एभरेष्ट होटल २ वर्षदेखि बन्द रहेको छ । उक्त होटल संचालन नभइ ३ महिनादेखि क्यासिनो संचालनमा आएको छ । क्यासिनो नियमनको जिम्मा पाएको पर्यटन विभाग उल्टै एभरेष्ट क्यासिनो संचालनसँग मिलेमतो गर्न पुगेको पाइएको हो । विभागका महानिर्देशक दिनेश भट्टराई अबैध रुपमा क्यासिनो संचालन भए पनि क्यासिनो दलाहरुसँग साँठगाँठ गरिरहेको स्रोतले जानाकारी दिएको हो ।
एभरेष्ट भुकम्प जाँदादेखि विवादित बनेको होटल हो । यसले बीमा कम्पनीबाट पैसा असुल्न सरकारी स्टिकरमा समेत झगडा गर्दै आएको थियो । सरकारी निरीक्षण टोलीले एभरेष्टको भवनमा हरियो स्टिकर टाँसेर सुरक्षित रहेका बताएको थियो । तर पछि होटलका सञ्चालक भारतीय नागरिक तथा लागूऔषध कारोबारका फरार अभियुक्त मस्कुल लारीले सरकारी टोलीलाई प्रभावमा पारेर रातो स्टिकर टाँस्न लगाएका थिए । होटलका संचालकहरुले क्यासिनो संचालनको लागि लिएको अनुमति समेत विवादमा रहेको छ ।
त्यस्तै, गरि अदालतको स्टे अर्डर पाएको व्यक्तिले क्यासिनो संचालन नगरेर क्यासिनो दलालहरुले संचालन गरिरहेको कुरा बाहिर आउँदा समेत विभागका महानिर्देशक भट्टराईले कुनै कदम नचाल्नुलाई जानकारहरुले क्यासिनो दलाहरुसग गोप्य सम्झौता समेत भएको बताएका छन् ।
क्यासिनो संचालन गर्ने समाचार बाहिर आउँदा विभागले गृह मन्त्रालयको सहयोग लिएर बन्द गरेउने बताए पनि अहिले सम्म कुनै कदम चालेको छैन । संचालनमा विवादहरु देखिदा समेत मौन बसको छ । नेपालको क्यासिनोसम्बन्धी नियमावली २०७० ले पाँच तारे होटल सञ्चालनमा रहेको अवस्थामा मात्रै क्यासिनो सञ्चालन गर्न पाइने व्यवस्था छ । तर भूकम्पपछि एभरेष्ट होटल सञ्चालन हुनसकेको छैन । पर्यटन विभागले क्यासिनोहरुको निगरानी राख्ने जिम्मा पाए पनि विभागको अनुमतिविनै क्यासिनो सञ्चालन भएपछि विभाग मूकदर्शक समेत बन्नपुगेको छ । एभरेष्ट क्यासिनो सञ्चालनमा अवैध प्रक्रियाहरु समेत समेटिएकोले विभागले थप कदम चाल्ने बताएको छ ।
‘स्टे अर्डर’बाहेकको व्यक्तिबाट सञ्चालन हुनु र होटल सञ्चालन नभई क्यासिनो सञ्चालन हुनु गैरकानुनी कार्य भएकाले विभागले उक्त क्यासिनो बन्द गराउने करिब तीन महिना बताएको थियो । क्यासिनो सञ्चालनको लागि उच्च अदालतबाट वीरेन्द्र महर्जनले ‘स्टे अर्डर’ पाएका थिए । एभलोन इन्टरनेशनल प्रालिले होटल सञ्चालकबाट लिज(भाडा)मा लिएर क्यासिनो सञ्चालन गरेको हो । नेपालका क्यासिनो सञ्चालन गर्ने तथा बन्द गरेर हिँड्ने एक गिरोहको रोहबरमा नै एभरेष्ट क्यासिनो पनि सञ्चालन आएको देखिएको छ ।
भेनसलगायतका क्यासिनो सञ्चालन गर्ने र अप्ठ्यारो स्थिति देखिए बन्द गरेर हिँड्ने गिरोहहरु नै यसमा पनि संलग्न रहेको पाइएको हो ।
नेपालमा क्यासिनो क्षेत्रका दलाल तप्तबहादुर विष्टको नेतृत्वमा रहेको गिरोहले एभरेष्ट सञ्चालन गर्न गएको पाइएको हो । वीरेन्द्र महर्जनको नाममा चक्रबहादुर शाहीको व्यवस्थापनमा एभरेष्ट क्यासिनो सञ्चालन गरेको बताइए पनि उनीहरुलार्ई बाहिर निकालेर अहिले उक्त गिरोहको रोहबरमा क्यासिनो सञ्चालन भइरहेकोे छ । होटल सञ्चालन रहेकै अवस्थामा बक्यौता तिर्न अटेर गरेको तथा सरकारले जारी गरेको क्यासिनोसम्बन्धी नियमावली–२०७० अनुसार दर्ता नगरेको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७१ साल वैशाख ५ गतेबाट पूर्ण बन्द गरेको थियो ।
क्यासिनो सञ्चालले हालसम्म पनि सरकारलाई तिर्नुपर्ने बक्यौता १० करोड ३५ लाख ६२ हजार तिरेको छैन । होटल सञ्चालकबाट एभोलनले १० वर्षका लागि वार्षिक ८० लाख रुपैयाँ तिर्ने गरी क्यासिनो लिजमा बाहिर सुचना आएको छ । अमृतबजार साप्ताहिकमा खबर छ ।