बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

रोकिएन नेप्सेको घट्ने क्रम, ४४ करोडको सेयर किनबेच

सोमबार, कार्तिक १३ २०७४

 
काठमाडौ कात्तिक, १३–
नेप्से घट्ने क्रम रोकिएको छैन । आज सोमबार पनि नेप्से तीन दशमलव ५१ अंकले घटेर १५ सय ३६ दशमलव ७२ अंकमा पुुगेको छ  । सेन्सिटिभ पनि शुन्य दशमलव ७६ अंकले घटेर तीन सय २३ दशमलव ४७ अंकमा पुुगेको छ । 
 
एक सय ५६ कम्पनीहरुको चार हजार एक सय ६६ वटा कारोबारमा १४ लाख ९४ हजार एक सय ८३ कित्ता सेयर खरिद बिक्री भएका छन् भने कारोबार रकम ४४ करोड ८३ लाख ३१ हजार तीन सय ७९ रुपैयाँ पुुगेको छ । 
आज नौ वटा समुहको कारोवार भएकोमा जलबिद्युुत समुहको सुचक बढेर बाँकी सात वटा समुहको सुचकहरु घटेका छन् । बीमा समुहको सुचक ३१ दशमलव ७८ बिन्दुुले घटेर आठ हजार चार सय २७ दशमलव ८६ अंंकमा पुुगेकोमा नौ करोड २९ लाख ६४ हजार सात सय रुपैयाँको सेयर किनबेच भएको छ ।
 
 बाँणिज्य बैक समुहको सुचक एक दशमलव ३६ अंकले घटेर १३ सय १६ दशमलव ७० अंकमा पुुगेकोमा १४ करोड ५२ लाख १३ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बिकास बैंक समुहको सुचक १२ दशमलव ८३ अंकले घटेर १८ सय ५३ दशमलव २० अंंकमा पुुगेकोमा नौ करोड ६८ लाख २६ हजार नौ सय रुपैयाँको सेयर किनबेच भएको छ । 
 
फाईनान्स, ट्रडिङ, होटल, उत्पादनमुुलक र अन्य समुहको कारोवार सुचकहरु आज नकारात्मक देखिएको छ ।  
जलबिद्युुत समुहको सुचकमा भने सात दशमलव ६१ अंकले बढेर १८ सय २४ दशमलव ९९ अंकमा पुुगेकोमा तीन करोड ११ लाख ३४ हजार तीन सय रुपैयाँको सेयर किनबेच भएको छ । आज कमाउने र गुुमाउने कम्पनीहरु यस्ता रहेका छन् । 
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 
क्रस कम्पनीको नाम आजको कारोवार भएको मुल्य आजको बढेको मुल्य 
१ मल्टीपर्पोस फाईनान्स २२३ ९.८५
२ नविल ईक्विटी फन्ड ११ ४.१७
३ ओरन्टल होटल समुह ७४२ ३.९२
४ नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक ३६२ २.२५
५ मञ्जुुश्री फाईनान्स १४९ २.०५
गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 
क्रस कम्पनीको नाम आजको कारोवार भएको मुल्य आजको घटेको मुल्य 
१ सिभिल लघुबित्त संस्था १२०० ९.००
२ कर्णाली बिकास बैंक २६० ३.७०
३ ङादी ग्रुुप पावर लिमिटेड २३६ ३.२७
४ वोमी माईक्रो फाईनान्स १९२५ ३.२६
५ बिशाल बजार कम्पनी २१०० ३.२२