काठमाडौ कात्तिक, १३-
सिद्धार्थ बैंक र नेशनल बैंकिङ ईन्ष्टिच्युटबीच सम्झौता भएको छ । दुुबै संस्थाबिच कर्मचारिको दक्षता अभिबृद्धि सम्बन्धि विभिन्न तालिम कार्यक्रम संचालन गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता अनुसार एन.बी.आईले सिद्धार्थ बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । त्यस्तै, सिद्धार्थ बैंकले नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटबाट ५० लाख बराबर रकमको आफ्नो कर्मचारीहरुका लागि वार्षिक तालिम संचालन गराउने भएको छ ।
उक्त सम्भौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शम्भु नाथ गौतम र नेशनल बैंकिङ ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाबीच हस्ताक्षर भएको छ ।
हाल बैंक ग्राहकको सेवा र सुविधाका लागि ७७ शाखा, ३ एक्स्टेन्सन काउन्टर १०३ वटा एटिएम, ७० शाखारहित बैंकिङ सेवा र ५५० भन्दा बढी पिओएस मार्फत् उच्चस्तरिय बैकिङ सेवा प्रदान गर्दै आएको छ ।