बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एशिया कपका लागि यु–१९ क्रिकेट टोलीको घोषणा

आइतबार, कार्तिक १२ २०७४

कात्तिक १२, काठमाडौँ – मलेसियामा हुने एसिसी यु–१९ एशिया कप क्रिकेट प्रतियोगिताका लागि आज नेपाली टोलीको घोषणा गरिएको छ । 

नोभेम्बर दोस्रो साताबाट शुरु हुने उक्त प्रतियोगिताका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरिएको हो । प्रशिक्षक विनोद दास र एसिसीका प्रतिनिधि बेन्काटापति राजुको छनोट समितिले खेलाडी छनोट गरेको हो । 

बन्द प्रशिक्षणमा रहेका १९ खेलाडीमध्ये अन्तिम टोलीको घोषणा गरिएको हो । छनोट गरिएका अन्य खेलाडीमा रोहितकुमार पौडेल, सन्दीप लामिछाने, सन्दीप सुनार, प्रनित थापा मगर, अनिलकुमार शाह, पवन शर्राफ, आसिफ शेख, किशोर महतो, शाहब आलम, प्रकाश केसी, कमलसिंह ऐरी, भीम सार्की, राशिद खान र जितेन्द्र सिंह रहेका छन् । यस्तै सन्दीप जोरा, विक्रमकुमार भुसाल, अंकित सुवेदी र विजय चौधरीलाई वैकल्पिक खेलाडीका रुपमा छनोट गरिएको छ । 

नेपाली युवा टोली सोमबार बंगलादेश प्रस्थान गर्नेछ । नेपालले आगामी बिहीबार, आइतबार र सोमबार बंगलादेशको यु–१९ टोलीसँग तीन वटा अभ्यास खेल खेल्नेछ । एशिया कप मलेसियामा नोभेम्बर ११ देखि १९ सम्म हुनेछ । सो प्रतियोगितामा टेष्ट मान्यता प्राप्त राष्ट्र भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, अफगानिस्तानसहित आठ वटा देशको सहभागिता रहने छ ।