झापा कात्तिक, १२–
गएको शुक्रबार दिउँसोबाट बिर्तामोडमा लगाईएको कर्फ्यू आजसम्म पनि हटेको छैन ।
लगातारको कर्फ्यूले विर्तामोडको जनजिवन कष्टकर बन्दै गैरहेको छ । निषेधाज्ञा नहट्दा सर्वसाधारणले आफूहरु समस्यामा परेको बताएका छन् ।
करिब एक महिना पहिले रहस्यमय तरिकाले मारिउका झापा अर्जुनधारका लक्ष्मण सिवाकोटीको हत्यारालाई कानूनी कारबाहीको माग गर्दै विर्तामोडमा निकालिएको र्यालीमा झडप भएपछि शुक्रवार दिउँसो १ः३० बजेबाट बिर्तामोडमा कर्फ्यू घोषणा भएको थियो ।
पूर्वमा नयाँ बसपार्क, पश्चिममा चारपाने, उत्तरमा महानन्द चोक र दक्षिणमा विर्ता बजारसम्मको क्षेत्रमा निषेधाज्ञा लगाइएको थियो । कर्फ्यूको अवज्ञा गर्दै सर्वसाधारण आत्रलोशित भएपछि आन्दोलन उग्र बन्दै जाँदा प्रहरीले चलाएको गोली लागेर अर्जुनधारा–११ का ३० वर्षीय नरेश थापाको शुक्रबार मृत्यु भएको थियो ।
शनिबार प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको अध्यक्षतामा बसेको सर्वदलीय वैठकले प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका थापाको परिवारलाई रु १० लाख राहत उपलब्ध गराउन तत्काल गृह मन्त्रालयलाई अनुरोध गर्नेलगायतका आठ बुँदे निर्णय गरे पनि विर्तामोडमा लगाइएको निषेधाज्ञा भने जारी छ ।
निषेधाज्ञाका कारण विर्तामोड क्षेत्र बिहानैबाट सुनसान छ । आज पनि लामो तथा छोटो दूरीका सवारीका साधन सञ्चालनमा आउन सकेका छैनन भने विर्तामोड क्षेत्रका विद्यालय , क्याम्पस , उद्योगधन्दा, कलकारखाना बन्द रहेका छन् ।
विर्तामोडमा भएको झडपमा परी प्रहरीले चलाएको गोली लागेर गम्भीर घाइते भएका इलामको माई नगरपालिकाका ४० वर्षीय मणिकुमार नेपालीको स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारका लागि शनिबार वीर अस्पतालको ट्रमा सेन्टर पु¥याइएको छ । उनलाई हिजो विराटनगरबाट हेलिकप्टरमार्फत काठमाडौँ लगिएको थियो । उनको पेट र हातमा गोली लागेको थियो ।