बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कपिलवस्तुमा आगलागी, चारलाख बराबरको नोक्सान

बुधबार, कार्तिक १ २०७४

कात्तिक १, कपिलवस्तु – कपिलवस्तुको यशोधरा गाउँपालिका–४ पोखरभिटवामा आगलागी हुँदा मोहम्मद रसिदको घरगोठ जलेर नष्ट भएको छ । 

आज बिहान ४ बजेतिर आगलागी भएको थियो । आगोबाट मानवीय क्षति नभएको तर घरमा भएको तीनतोला सुन, २० हजार नगद, पाँच सेट मोबाइल, खाद्यान्न, लत्ता कपडा गरी लगभग रु चार लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । 

मोहम्मदका छोरा कादिर खानका बिहेका लागि ल्याइएका लत्ताकपडा र अन्य भाडा समेत आगलागीमा जलेका हुन् । 

आगलागीबाट गोठमा रहेको एउटा गोरु मारेको छ भने तीन वटा गोरु घाइते भएका छन् । 

फुसको छानो भएको गाईवस्तुको गोठमा धुवाँले लामखुट्टे भगाउनको लागि परालमा आगो बालिएको र त्यही आगोबाट आगलागी भएको स्थानीय अनिल मालीले जानकारी दिएका छन् । 

स्थानीयको प्रयासमा बिहान ८ बजे मात्र आगो नियन्त्रणमा आएको थियो ।