बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

चीनले बन्द गर्यो रसुवागढी नाका

बुधबार, कार्तिक १ २०७४

कात्तिक १, नुवाकोट – नेपाल चीन प्रवेशका लागि हाल सञ्चालनमा रहेको एकमात्र उत्तरी नाका रसुवागढी बन्द गरिएको छ ।

चीन पक्षले पहिरोको कारण देखाउँदै नाका बन्द गरेको हो । आजको अन्नपूर्ण पोस्टमा खबर छ । रसुवागढीमा तिहारलगत्तै चहलपहलसमेत बढेको थियो । 

यही बेला चिनीयाँ सुरक्षा अधिकारीले रसुवा केरुङ सडकमार्गमा पहिरो रहेका कारण त्यसलाई मर्मत गर्न नाका बन्द गरिएको जानकारी दिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायव उपरीक्षक शरदकुमार थापा क्षेत्रीले बताए ।