काठमाडौं असोज, ३०–
राष्ट्रिय जनता पार्टीका सह–महामन्त्री दिलिप धारेवाल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
सह–महामन्त्री धारेवाललाई कांग्रेस नेता डा. शेखर कोइरालाले आफ्नै निवासमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गराएका हुन् । उनी राजपा परित्याग गरी कांग्रेस प्रवेश गरेका हुन् । कांग्रेस नेता कोइरालाले उनलाई अवीर माला लगाएर पार्टीमा स्वागत गरेका थिए ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै धारेवालले आफूले क्षेत्रीय राजनीतिमा लामो समय विताएको तर, विकासका लागि नेपाली कांग्रेसको विकल्प नदेखेको भन्दै कांग्रेस प्रवेश गरेको प्रष्ट पारे । उनी मोरङका स्थायी बासिन्दा तथा व्यवसायी समेत हुन् ।