काठमाडौं असोज, ३०–
नेपालमा लगानी समेत गर्न हिचकिचाउने गैरआवासिय नेपाली संघ एनआरएनएमा आवद्धहरुले काठमाडौंमा शनिवारदेखि सुरु भएको विशव सममेलनमा विभिन्न योजना हरु प्रस्तुत गरेका छन् । नेपालमा लगानी गरेर राम्रो प्रभाव समेत जनमाउन नसककोहरुले भाषणबाजि मात्रै राम्रो गर्ने गरेको सरोकारवालाहरुले आरोप लगाएका हुन् ।
कम्तीमा १० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षका उम्मेदवारको खर्च यसपालि निकै बढी हुने आकलन गरिएको छ । जमुना घले र भवन भट्ट अध्यक्षका प्रतिस्पर्धी भएकाले उक्त सम्मेलनमा पैसाको खोलो नै बग्ने देखिएको हो । अध्यक्ष प्रत्यासीहरुले मतदाताहरुलाई आफ्नो बसमा ल्याउनको लागी पैसाको चलखेल सुरु गरिसकेको समेत सूचना बाहिर आउन थालेका छन् ।
त्यस्तै गरि उनीहरुले नेपालमाको राजनितिक दललाई समेत आफुलाई समर्थन गरिदिन भन्दै पैसाको आश्वासन देखाएको स्रोतको भनाई छ । अर्कोकुरा एनआरएनएका पूर्वअध्यक्षहरुको समर्थनलाई पनि चुनावको जितहारको रुपमा लिने गरीएको छ । पूर्व अध्यक्षहरु जीवा लामिछाने , उपेन्द्र महतो र शेष घलेको समर्थनले जित हारको निणर्य हुने जानाकारहरु बताउँछन् । त्यसकारण उनीहरुलाई आफ्नो पक्षमा ल्याउन पनि पैसा बग्ने देखिएको हो ।
जमुना घले एनआरएनएका अध्यक्ष शेष घलेकी पत्नी हुन् । अस्ट्रेलियाका धनाढ्यको सूचीमा शेष १०१ औं स्थानमा र पत्नी जमुना त्यसपछिको नम्बरमा छिन्। उनीलाई जति पैसा बगाउन पनि गाह्रो छैन । जापानमा सफल नेपाली व्यवसायी भट्टको त्यहाँ २९० वटा स्तरीय रेस्टुरेन्टको चेन छ । उनको वार्षिक कारोबार ३० अर्ब रुपैयाँ बराबर छ। उनलाई पनि पैसाको खर्च गर्न कुनै आपत्ति छैन । कसले कति दिएर आफ्नो पषमा मतदाताहरु खडा गर्न सक्ला भन्ने मात्रै मुखय कुरा रहेको देखिन्छ । पत्नी चुनावी मैदानमा रहेकाले घलेका लागि चुनाव प्रतिष्ठाको विषय हुने नै भयो उनी पैसा जति पनि जसलाई पनि दित तयार रहेको स्रोतको भनाई छ ।
सम्मेलन सुरु हुँदा सम्म भट्टको समर्थनमा उभिएका संस्थापक अध्यक्ष उपेन्द्र महतो र पूर्वअध्यक्ष जिवा लामिछानेको पनि जुँगाको लडाइ भएको छ। आफुले समर्थन गरेको मान्छेलाई कसरी जिताउने उनीहरु रणजिति तयार गरिरहेको छन् । त्यहि अनुसार भट्टलाई खर्चको निर्देशन दिई रहको पाइएको हो । चुनाव जमुना घले विरुद्ध भवन भन्दा पनि महतो÷ लामिछाने विरुद्ध शेष घलेजस्तो देखिँदै थालेको जानाकारहरुको ठम्याइ छ । उनीहरुले पत्रकारहरुलाई समेत पैसा दिएर आफ्नो पषमा लेख्न लगाएको पाइएको छ । पत्रकारहरुले पनि पैसा पाए पछि नुनको सोझो गरेको देख्न सकिन्छ ।
अर्कोकुरा देशमा हुने अन्य चुनावजस्तै भोजभतेर, भोट किन्न आदिमा हुने उम्मेदवारको खर्च एनआरएनएको चुनावमा पनि हुन्छ नै, मतदाताको रजिस्ट्रेसन शुल्क र मतदातालाई टिकट काटेर विदेशबाट ल्याउनसम्म खर्च गर्नपर्ने अवस्था भएकाले एनआरएनए चुनाव उम्मेदवारका लागि खर्चिलो हुँदै गएको हो। रजिस्ट्रेसनका लागि उम्मेदवारको मुख ताक्ने मतदाता टन्नै छन्। यसपालि रजिस्ट्रेसन शुल्क यसअघिको भन्दा दोब्बर बनाएर खाडी, अफ्रिका, मलेसिया, दक्षिण कोरियाका लागि प्रतिसहभागी एक सय डलर र यसबाहेकका देशबाट आउनेका लागि दुई सय डलर पारिएको छ। खाडी मुलुकबाट आउने सहभागीमात्र हैन, युरोपबाट आउने पनि कतिपय सहभागीले रजिस्ट्रेसन शुल्क उम्मेदवारलाई तिराउँछन् । एनआरएनएमा पहिलो हजार जनासम्म सदस्य भए प्रति १० जना बराबर १ प्रतिनिधि (मतदाता) हुन्छन्। त्यसकारणले गर्दा मत दिन आउने पनि चुनाव जिेतर यहासम्म आएको अनुभव गरिरहेका छन् । उनीहरुले पनि जसले आफ्लाई मनग्य दिन सक्छ त्यसैलाई मत दिने निश्चित देखिएको हो । आजको अमृतबजार साप्ताहिकमा खबर छ ।