काठमाडौ असोज, ३०–
रिलायवल लाईफ इन्स्योरेन्स कम्पनीले औपचारिकरुपमा कारोबार सुरु गरेको छ । कम्पनीले असोज २९ गते आईतबारबाट कारोबार सुुभारम्भ गरेको हो ।
समुद्घाटन कार्यक्रममा बीमा समितिका अध्यक्ष श्री चिरञ्जिवी चापागांइले प्रमुख आतिथ्यता ग्रहण गर्दै शुभकामना मन्तब्य व्यक्त गरेका थिए । सोही अवसरमा कम्पनीले नेपालमा पहिलो पटक बिशेष किसिमको बीमा योजना “रिलायबल धनपति जीवन बीमा योजना” सार्वजनिक गरेको छ जस्को माध्यमबाट सानो सानो बचतबाट सजिलै करोडपति बन्न सकिने जनाएको छ ।
हाल कम्पनीले ४० वटा शाखा संचालनको इजाजत पाई चाडै नै संचालनमा ल्याउने भएको छ । एक बर्ष भित्र देशका सबै स्थानमा आफ्नो उपस्थिती जनाउने गरी हरेक बर्गका ब्यक्तीहरुको लागी उपयोगी हुने बीमा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीको कर्पोरेट कार्यालय काठमाडौको ज्ञानेश्वरमा रहेको छ ।