बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एमाले स्थायी समिति बैठकले बन्दसूचीको अन्तिम टुङ्गो लगाउने

आइतबार, असोज २९ २०७४

काठमाडौं असोज, २९–
नेकपा एमालेले संघ र प्रदेशकोलागि समानुपातिक उम्मेद्वारको अन्तिम टुंगो लगाउन वैठक बोलाएको हो । प्रारम्भिक सूचि तयार भएको र दिउसो १२ बजे स्थायी समितिले टुंगाउने कार्यलय सचिव कृष्ण गोपाल श्रेष्ठले बताए ।

यही मंसिर १० र २१ ग्ते हुने प्रदेशसभा र प्रतिनीधिसभाका लागि समानुपातिक तर्फको बन्दसूचि आज निर्वाचन आयोगमा बुझाउने दिन हो । संघको लागि ११० जना र प्रदेश सभाकोलागि २२० जनाको सूचि हुने छ ।

समानुपातिकतर्फ महिलाको संख्या ५० प्रतिशत अनिवार्य बनाइएको छ । रासस