काठमाडौ असोज, २७–
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का प्रमुुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदे पदभार ग्रहण गरेका छन् । नेपाल सरकारको यही असोज २३ गते भएको निर्णय बमोजिम नेप्सेमा प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका साउदले असोज २५ गते बुधबारदेखि पदभार ग्रहण गरेको नेप्सेले जानकारी दिएको छ ।
साउदले नेप्से सञ्चालक समितिका अध्यक्ष लक्ष्मण न्यौपानेबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरी कार्यारम्भ समेत गरेका छन् । नेप्सेमा कार्यरत कर्मचारीहरुसँगको सक्षिप्त परिचयात्मक कार्यक्रममा साउदले नेपाल सरकार, नेपाल धितोपत्र बोर्ड, लगानीकर्ता, सदस्य धितोपत्र दलाल लगायतका सरोकारवालासँग कार्यशील सम्बन्ध बनाई मुलुकको आवश्यकता अनुसार पुँजी बजारको विकास, लगानीकर्ता, स्टक एक्सचेन्ज तथा कर्मचारीको हित प्रवद्र्धन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।