बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

यी हुन् राजपाबाट चुनाव लड्ने शीर्ष ३० नेता

बिहिबार, असोज २६ २०७४

असोज २६ , काठमाडौं – राप्रपा  अध्यक्ष कमल थापाले प्रत्यक्षतर्फ चुनाव लड्ने भएका छन् । थापाले मकवानपुर १ बाट चुनाव लड्ने घोषणा गरेको  राप्रपा नेता बुद्धिमान तामाङले बताए । यसैगरी लोकेन्द्रबहादुर चन्द र तामाङले पनि प्रत्यक्ष चुनाव लड्ने सोच बनाएका छन् । चन्दले बैतडी र तामाङले धादिङबाट चुनाव लड्ने तयारी गरेका छन् । ‘बैतडी, धादिङ, मकवानपुर, नेपालगन्ज र झापामा प्रत्यक्ष चुनाव लड्ने हाम्रो योजना छ । यसबारे गठबन्धनमा छलफल हुँदैछ’, उनले भने ।

यसैगरी राप्रपा प्रजातान्त्रिकबाट सुनिल थापा, विक्रम पाण्डे र दीपक बोहराले प्रत्यक्ष चुनाव लड्ने तयारी गरेका छन् । अध्यक्ष पशुपतिशमशेर राणाले भने औपचारिक रूपमा केही बोलेका छैनन् । पाण्डेले चितवनबाट चुनाव लड्ने सोच बनाएका छन् ।यो खबर आजको नागरिकमा छ ।