बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नाइजेरिया विश्वकप २०१८ लागि छनोट हुने पहिलो अफ्रिकी देश

आइतबार, असोज २२ २०७४

काठमाडौं असोज, २२–
 शनिबार राति भएको खेलमा जाम्बियालाई १–० ले हराउँदै नाइजेरियाले विश्वकप २०१८ का लागि छनोट हुने पहिलो अफ्रिकी देश बनेको छ ।
सब्स्टिच्यूटका रुपमा मैदान प्रवेश गरेका आर्सेनल स्टार एलेक्स इओबीले ७३ औँ मिनेटमा गोल गर्दै नाइजेरियालाई विश्वकपमा पुर्‍याएका हुन् । विश्वकपमा छनौट हुन नाइजेरियालाई जित आवश्यकता थियो ।
विश्वकप छनोटका लागि अफ्रिका अन्तर्गतको खेलमा समूह ‘बि’ मा रहेको नाइजेरिया समूह विजेता बन्दै सन २०१८ मा रसियामा हुने विश्वकपका लागि छनोट भएको हो ।एजेन्सी