बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मुङ्ग्रोले हानी घाँटी थिचेर बालकको हत्या

आइतबार, असोज २२ २०७४

धादिङ असोज, २२–
शनिबार राती दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नं १ ब्रुन्दीमा एक बालकको हत्या भएको छ ।

बेनीघाट रोराङ गाउँपालिका–१ ब्रुम्दीका २५ वर्षीय आसमान तामाङले पाँच वर्षीय विवेक तामाङको हत्या गरेको बत्रताईएको छ ।   गजुरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक वरुण सिंहका अनुसार आसमान तामाङ बिरुद्ध बालक हत्या गरेको उजुरी परेको हो । 

स्थानीय शिक्षक तुलसी थापाले घरमै सुतेका बालकलाई मुङ्ग्रोले हानी घाँटी थिचेर हत्या गरेको  जानकारी दिए ।

बालकको हत्यापछि गाउँलेले आरोपी तामाङलाई डोरीले बाँधी नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।