बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

संघीय समाजवादी फोरम गठबन्धनमा नबस्ने

शुक्रबार, असोज २० २०७४

असोज २०, काठमाडौँ – सत्तारुढ नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल संलग्न नहुने भएको छ ।

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेससंग दालमेलका खुला रहे तापनि कांग्रेस नेतृत्वको गठबन्धनमा भने संघीय फोरमको संलग्नता नरहने भएको हो ।

कांग्रेससंग मात्रै नभई, एमाले नेतृत्वको गठबन्धनभन्दा बाहिर बसेर निर्वाचनको मैदानमा उत्रने फोरमले औपचारिक निर्णय लिएको छ । यो खबर आजको नागरिकमा छ ।