हुनत गैरआवासीय नेपाली संघलाई गैरराजनीतिक र गैरजातीय संस्था भन्ने गरिन्छ, तर, यसलाई कुनै एक जातीको कब्जामा लैजाने र अर्को समुदायका कसैलाई छिर्नै नदिने निषेधकारी योजनाको खुलासा भएको छ ।
गैरआवासीय नेपाली संघको नेतृत्वमा मंगोलियन अनुहार परेकाहरुलाई हेर्नै नसक्ने एउटा अतिबादी समूहले अहिले त्यस्तै ग्राण्ड डिजाइन बनाएर आफ्नो समूहलाई सर्कुलुर गरिरहेको छ ।
'सन् २००९ र २०१३ मा हामीले एनआरएनमा जे गल्ती गर्यौं अब त्यस्तो गल्ती कदापी गर्नु हुँदैन' निकटस्थहरुलाई पठाइएको अति गोप्य इमेलमा भनिएको छ 'अहिल्यै गल्ती सच्चाइएन भने हाम्रो हातमा कहिल्यै नेतृत्व आउने छैन ।'
यो इमेलमा २००९ र १३ को गल्ती भनेर संघमा देबमान हिराचन र शेष घलेलाई चुनेको घटनालाई उल्लेख गरिएको हो । सामाजिक संस्थालाई आफ्नै एकल बपौती ठान्ने यो समूहले सोही लाइनअनुसार भवन र कुमारलाई एकठाउँमा ल्याएको बिश्वस्त सूत्रको दावी छ ।
गैरआवासीय नेपाली संघको नेतृत्वमा शेष घले निर्वाचित भएपछि उनले एनआरएनलाई सवै जाती, समुदाय र सम्प्रदायको बनाउन कोसिस गरेका थिए । सोही अनुसार उनले एनआरएनको नेतृत्वमा आउनका लागि जातीय तथा राजनीतिक संस्थाहरुबाट राजीनामा दिएपछि मात्र उठ्न पाइने नियम पनि ल्याएका हुन् ।
उनको कार्यसमितिका उनीबाहेक सवै गैरजनजाती हुँदा पनि एनआरएनलाई संस्थागत गर्न नदिने र सधै आफ्नो कठपुतली बनाउन खोज्यो यो समूलाई चित्त बुझेन । सोहीअनुसार आगामी पाँच कार्यकालसम्म कुनै पनि जनजाति अनुहार परेको र कहीँकतैबाट जनजाती जात परेकोलाई ढिम्किन नदिन यस्तो जातीय तुरुप फ्यांकिएको देखिएको छ ।
देशलाई सवै जातजातीको सुन्दर समावेशी फुलबारी बनाउन सिंगो देश एकजुट भएका बेला एनआरएनलाई भने एकजातीय भुटानीकरणको अबतारमा लैजान गम्भीर षडयन्त्र भइरहेको छ ।
संस्थालाई जनजाती र गैरजनजातीको कित्ताकाटको अबस्थामा पुर्याउने र ध्रुवीकरण गरी समाप्त पार्ने यो ग्राण्ड डिजाइनअनुसार अहिले सो गिरोहले खुलम्खुला सामाजिक सञ्जालमा एनआरएनलाई जनजातीबिहीन बनाउने अभियान सुरु गर्न थालेको छ ।
त्यसको पृष्ठभूमी बनाउन शेष घलेले जनजातिलाई मात्र प्रर्बद्धन गरेको अभियोग लगाउन केके गर्न सकिन्छ भन्ने खाका तयार पार्न बेग्लै टोली बनाइएको बिश्वस्त सूत्रको दावी छ । डायस्पोरामा सक्रिय जातीय संस्थाहरुले किन भूकम्पका बेला एनआरएनलाई सहयोग गरे र पहिले किन गरेनन् भन्नेजस्ता काइते प्रश्न उठाएर भएपनि घलेलाई जनजातिको पक्षपोषण गरेको देखाउन पाए आगामी निर्वाचन सवै बाहुन क्षेत्रीको मत आफुले तान्न पाइने उनीहरुको दाउ छ ।
घलेले चार बर्षको अन्तरमा संस्थाको आन्तरिक जीवन तथा सार्वजनिक जीवनमा गरेका कामका कारण आर्जित लोकप्रियताको धरहरा ढाल्न जातीय हतियार काम लाग्ने उनीहरुको आशा छ ।