बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पाल्पामा जिप दुर्घटनाहुँदा एकको मृत्यु, छ घाइते

मंगलबार, असोज १७ २०७४

असोज १७, पाल्पा – निस्दी गाउँपालिका–७ ज्यामिरेमा जिप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । तानसेनबाट ज्यामिरेतर्फ जाँदै गरेको लु १ ज १८०९ नंम्बरको जिप निस्दी–७, ज्यामिरेको सिमलडाँडामा सोमबार साँझ दुर्घटना हुँदा एकजनाको घटनास्थलमै ज्यान गएको छ भने छ जना घाइते भएका छन् । 

ज्यान जानेमा निस्दी–७ ज्यामिरेका २३ वर्षीय यमबहादुर गाहा रहेका छन् । घाइतेको युनाइटेड मिसन अस्पताल तानसेनमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । दुर्घटना के कारणले भयो भन्ने बारेमा केही खुल्न सकेको छैन ।