असोज १२, काठमाडौँ – गणपूरक संख्या अभावमा संसद् बन्द भएपछि निर्वाचनसँग सम्बन्धितसहित दर्जनभन्दा बढी महत्त्वपूर्ण विधेयक अलपत्र भएका छन् । संसदको बैठकमा सोझै दफावार छलफल गरी पारित गर्ने कार्यसूचीमा परेका राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक र राष्ट्रपति–उपराष्ट्रपति निर्वाचनसम्बन्धी विधेयक कोरम अभावकै कारण अलपत्र परेका हुन् ।
एकै दिन दसवटा विधेयक अघि बढाउने कार्यसूचीमा असोज ९ गते बसेको संसदको दोस्रो बैठक कोरम अभावका कारण स्थगित भएपछि अर्को बैठक दसैंपछि (असोज २०) का लागि डाकिएको छ । यो खबर आजको कान्तिपुरमा छ ।