बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

संघीय समाजवादीका जिल्ला सचिवसहित एमाले माओवादीका करिब४ सय ५० कार्यकर्ता कांग्रेसमा प्रवेश

आइतबार, असोज ८ २०७४

काठमाडौं असोज, ८–
काभ्रे क्षेत्र नम्बर १ ले आईतबार  काठमाडौंमा आयोजना गरेको बिजयादशमीको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा एमाले, माओवादी र समाजवादी फोरमका करिब ४ सय ५० जना नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
युवा उद्यमी तथा काभ्रे क्षेत्र नम्बर दुईका महासमिति सदस्य संजीव लामाका अनुसार त्यसरि प्रवेश गर्नेमा संघिय समाजवादी फोरम काभ्रेका जिल्ला संयन्त्रका प्रमुख तथा जिल्ला सचिव गणबज्र लामा समेत रहेका छन् ।
काभ्रेमा एमालेका चर्चित नेता समेत रहेका लामा अशोक राईसँगै संघिय समाजवादी फोरममा गएका थिए । उनी काभे्रमा एमालेमा हुदा होस या समाजवादी फोरममा हुदा होस जनतामाझ  निकै लोकप्रिय रहेका छन् ।नेता लामाले अफूलाई कांग्रेसको आदर्श र सिद्धान्त निकै मन परेको भन्दै कांग्रेसमा प्रवेश गरेको बताए ।

त्यस्तै काभ्रे निर्माण व्यवसायी संघका पूर्व महासचिव अनिल लामा समेत नेपाली कांग्रेसमा प्रवेश गरेको महासमिति सदस्य लामाले जनाए ।
उक्त चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथि रहेका कांग्रेस नेता प्रकाशसरण महतले पार्टी प्रवेश गर्नेहरुलाई टिका लगाएर पार्टी प्रवेश गराएका थिए । उनले उक्त कार्यक्रममा बोल्दै पार्टी भित्रको गुट उपगुटलाई अन्त्य गर्न सके आगामि निर्वाचनमा बहुमत ल्याउने ठोकुवा समेत गरे ।

 

त्यस्तै, उक्त कार्यक्रममा बोल्दै काभ्रे क्षेत्र नम्बर १ का  कांग्रेसका सांसद समेत रहेका तिर्थ लामाले पार्टी प्रवेश गर्ने नबप्रवेशीलाई स्वागत गर्दै पार्टीले सबैलाई समेटेर अघि बढ्ने प्रष्ट पारे । त्यस्तै, सांसद लामाले आगामि दिनमा सबैको सल्लाह सुझाव अनुसार अघि बढ्ने जानकारी गराए । उनले आज कांग्रेसमा प्रवेश गर्नेहरुको सहयोग तथा मद्दतले गर्दा कांग्रेस भोलि सबैभन्दा ठुलो दल बन्ने समेत दावी गरे ।
उक्त कार्यक्रम काभे्र क्षेत्र नम्बर १ ले आयोजना गरेको महासमिति सदस्य संजीव लामाले तीनघुम्तीलाई जानकारी गराए ।  
हामीसँग कुरा गर्दै महासमिति सदस्य संजीव लामाले अबको दिनमा सबैलाई समेटेर लैजान सकेको खण्डमा काभ्रे जिल्ला कांग्रेसमय हुनेमा कुनै दुईमत नरहेको बताए ।