बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जाजरकोट कांग्रेसले टुंग्यायो प्रदेशसभा प्रतिनिधिसभाको उम्मेदवार

शुक्रबार, असोज ६ २०७४

जाजरकोट असोज, ६–
जाजरकोट कांग्रेसले आगामी हुने प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरु टुङगो लगाएको छ ।

मंसिरमा हुने निर्वाचनका लागि जिल्लाबाट उम्मेदवारहरुको टुङ्गो लगाइएको कांग्रेसले जनाएको छ ।

सदरमुकाम खलंगामा बसेको नेपाली कांग्रेसको बैठकले प्रतिनिधिसभाका लागि यस अघिको क्षेत्र नं. २ का सांसद राजिवविक्रम शाहलाई उम्मेदवार चयन गरको हो ।

त्यस्तै प्रदेशसभाका लागि क्षेत्र नं। १ मा पूर्व क्षेत्रीय सभापति बेदराज सिंह र क्षेत्र नं। २ बाट पार्टी सभापति दीपकजंग शाहलाई उम्मेदवार बनाउने नेपाली कांग्रेस जाजरकोटले जनाएको छ ।

यस अघि २ वटा निर्वाचन क्षेत्र रहेको जाजरकोटमा यसपटक प्रतिनिधिसभा सदस्यका लागि एक र प्रदेशसभा सदस्यका लागि दुईवटा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ ।