काठमाडौ असोज, ५–
किसान माईक्रो फाईनान्सको ७८ लाख रुपैयाँको हकप्रद सेयर जारी गरेको छ । संस्थाले असोज चार गतेबाट एक सय रुपैयाँ अंंकित मुल्य कायम रहेको ७८ लाख कित्ता हकप्रद सेयर जारी गरेको हो ।
सिभिल क्यापिटल मार्केट लिमिटेड बिक्री प्रर्वन्धक रहेको संस्थाको हकप्रद सेयरको बिक्री कार्य कात्र्तिक सात गतेसम्म कायम रहने छ । संस्थाले आर्थिक बर्ष २०७३—०७४ को चौंथो त्रैमासिक अवधिमा एक करोड ४३ लाख ६० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा संस्थाको यस्तो मुनाफा एक करोड ३४ लाख ६० हजार रुपैयाँ रहेको थियो ।