बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

फेरी गयो मेक्सिकोमा भूकम्प, १ सय ३० को मृत्यु

बुधबार, असोज ४ २०७४

काठमाडौं असोज, ४–
मेक्सिकोमा गएको शक्तिशाली भूकम्पमा परी १३० जनाको मृत्यु भएको खबर छ । 

७.१ रेक्टर स्केलको भूकम्प जाँदा राजधानी मेक्सिको सिटीसँगै मोरलियोस र पुएब्ला प्रान्तमा ठूलो क्षति पुगेको छ ।

 

राजधानीमै दजनौं घरहरु भत्किएका छन् । स्कुलका भवनहरु  भत्किएका छन्, जहाँ बालबालिका फसेको बताइएको छ ।

त्यहाँ अहिले खोजी तथा उद्दार कार्य जारी छ । 

 

भूकम्प आएको समयमा कसरी उद्दार गर्ने भनेर मेक्सिको सिटीमा मानिसहरु अभ्यास गरिरहेको समयमा यो भूकम्प आएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि यसै महिना ८.१ रेक्टर स्केलको भूकम्प मेक्सिकोको दक्षिणी भागमा गएको थियो, जसमा ९० जनाको मृत्यु भएको थियो । मेक्सिकोमा ३२ वर्षअघि गएको विनाशकारी भूकम्पमा १० हजार मानिसले ज्यान गुमाएका थिए ।

एजेन्सी