काठमाडौ असोज, ३–
नेपाल धितोपत्र बोर्डले तीन वटा बैंकको हकप्रद सेयर निष्काशनको प्रस्ताव स्वीकृत गरेको छ । बोर्डले एउटा फाईनान्स कम्पनी र दुुई वटा बिकास बैंकको सेयर निष्काशन प्रस्ताव स्वीकृत गरेको हो ।
गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाईनान्स कम्पनीले १० बराबर चारको अनुपातमा १९ करोड ७३ लाख ९२ हजार आठ सय ७७ रुपैयाँ बराबरको १९ लाख ७३ हजार नौ सय २८ दशमलव ७७ कित्ता सेयर निष्काशन गर्न अनुुमती दिएको बोर्डले जानकारी दिएको छ । फाईनान्सको सेयर निष्काशन तथा बिक्री प्रवन्धककोरुपमा एनआईबिल क्यापिटल लिमिटेड रहेको छ ।
बोर्डका अनुसार नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकले पनि एक बराबर एक दशमलव दुुईको अनुपातमा २६ करोड ४३ लाख ५३ हजार आठ सय ८० रुपैयाँ बराबरको २६ लाख ४३ हजार पाँच सय ३८ दशमलव ८० कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुुमती पाएको छ । बैकको सेयर निष्काशन तथा बिक्री प्रर्वन्धकको रुपमा एनआईबिएल क्यापिटल लिमिटेड रहेको छ । भार्गभ बिकास बैंकले पनि १० बराबर आठको अनुपातमा एक सय रुपैयाँ अंकित मुल्य कायम रहनेगरी २१ करोड १२ लाख रुपैयाँ बराबरको २१ लाख १२ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नको लागि अनुुमती पाएको छ । बैकको सेयर निष्काशन तथा बिक्री प्रवन्धककोरुपमा एनएनबी क्यापिटल लिमिटेड रहेको छ । बोर्डले चालुु आर्थिक बर्ष सुरुभएदेखि यता १२ कम्पनीहरुलाई पाँच अर्ब ७१ करोड ८५ लाख ४२ हजार सात सय २४ रुपैयाँ बराबरको पाँच करोड ७१ लाख ८५ हजार चार सय २७ दशमलव २४ कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुुमती दिईसकेको छ ।
कुुनले कति परिमाणमा हकप्रद सेयर जारी गर्न अनुुमती पाए हेर्नुुहोस तालिका
कम्पनीको नाम रकम बिक्री प्रर्वन्धक
गुह्येश्वरी मर्चेन्ट बैंकिङ फाईनान्स १९७३९२८७७ एनआईबिल क्यापिटल लिमिटेड
नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक २६४३५३८८० एनआईबिएल क्यापिटल लिमिटेड
भार्गभ बिकास बैंक २११२००००० एनएमबी क्यापिटल लिमिटेड
(श्रोत नेपाल धितोपत्र बोर्ड)