काठमाडौं असोज, ३–
नेपाली कांग्रेसले सिराहाको लाहान नगरपालिकामा विजयी सुरुवात गरेको छ । सोमबार सम्पन्न निर्वाचनको मतगणना जारी रहँदा नगरपालिकाको वडा नं २ मा नेपाली काँग्रेसका शिवराम यादव २ सय ९९ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकट्तम प्रतिदवन्दी संघीय समाजवादी फोरमका उम्मेदवार रहेको निर्वाचन आयोगले जनायो । उक्त वडामा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ ।