काठमाडौ असोज, २–
आरएसडिसी लघुबित्त बित्तीय संस्थाले २३ करोड रुपैयाँ बराबरको हकप्रद सेयरको बिक्री खुल्ला गरेको छ । संस्थाले चुक्ता पुंजी ११ करोड ५० लाख रुपैयाँ मध्येबाट दुुई बराबर एकको अनुुपातमा एक सय रुपैयाँ अंकित मुल्य कायम रहनेगरी ११ लाख ५० हजार कित्ता हकप्रद खुल्ला गरेको हो ।
सेयर निष्काशन तथा बिक्री प्रवन्धक एनआईबिल क्यापिटल लिमिटेड असोज दुुई गतेबाट सोमबारबाट खुुल्ला भएको हकप्रद सेयरको बिक्री कार्य कात्र्तिक पाँच गतेसम्म जारी रहने छ । अधिकृत पुंजी ३४ करोड ५० लाख तथा जारी पुंजी पनि ३४ करोड ५० लाख रुपैयाँ नै रहेको संस्थाको हकप्रद सेयरको बिक्री पश्चात चुक्ता पुंजी ३४ करोड ५० लाख रुपैयाँ नै पुुग्ने छ ।