काठमाडौ असोज, २–
माछापुच्छे बैंकले बाढीपीडितलाई सहयोग गरेको छ । बैकले हालै तराईका बिभिन्न जिल्लाहरुमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको उद्घार, राहत र पुनस्र्थापनाको निम्ति बैकले संस्थागत सामाजीक उत्तरदायित्व अन्तरर्गत २१ लाख ११ हजार एक सय ११ रुपैयाँ प्रधानमन्त्र दैवीप्रकोप उद्धारकोष मार्फत आर्थिक सहयोग गरेको हो ।
बैकका अनुसार आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बैंकका अध्यक्ष रोशन के.सीले सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुुन । बैंकले आगामी दिनहरुमा पनि देशमा आउन सक्ने यस्ता दैवी विपत्तिहरुमा सक्दो सहयोग जारी राख्ने प्रतिबद्धता समेत जाहेर गरेको छ । पोखराबाट २०५७ सालमा बैंकीङ्ग कारोवार शुरु गरेको बैकले कुल शाखा संख्या ६२, एक्स्टेन्सन काउण्टर चार, शाखा रहित सेवा चार र आफ्नै ८१ वटा एटिएमबाट करीव पाँच लाख ग्राहकहरुलाई सेवाप्रदान गरिरहेको छ ।