बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आमा–छोरी एउटै कक्षामा

सोमबार, असोज २ २०७४

असोज २, भेरी – भेरी नगरपालिका द्ध, बोहराकी ४३ बर्षीया पुर्णिमा मल्ल चन्द १८ बर्षीया छोरी अमृतासंगै दैनिक १ घण्टा हिंडेर विद्यालयको कक्षाकोठामा पुग्छिन् । 

आमा छोरी प्राय कक्षाकोठाको पहिलो बेन्चमा बस्छन् । पुर्णिमा र उनकी छोरी अमृता भिभुवन मावि खलंगाका ११ कक्षाका विद्यार्थी हुन् । 

पुर्णिमाले त्रिभुवन माविबाटै ११ बर्षअघि एसएलसी उत्तीर्ण गरेकी थिईन भने अमृताले यसै बर्ष एसईई उत्तीर्र्ण गरेकी हुन् । 

९ कक्षा पढ्दापढ्दै २०५१ सालमा विवाह भएपछि पढाई अलपत्र परेको पुर्णिमाले बताईन् । उच्च शिक्षा पढ्ने लक्ष्य थियो तर पुरा भएन । 

घर नजिकैको विद्यालय र क्याम्पसबाट स्नातकसम्मको शिक्षा लिने उदेश्य रोखेकी छु । उनले भनिन् छोरी संगै विद्यालयमा पढ्ने अवसर पाउँदा खुसी लागेको उनले बताईन् । यो खबर आजको कान्तिपुरमा छ ।