कन्चनपूर भदौ, ३०–
बालक हत्याको बिषयलाई लिएर कन्चनपुर तानवग्रस्त बनेको छ । १३ वषिर्य बालकको हत्या भएपछि मृतकका आफन्त आक्रोशित बनेपछि कन्चनपुर तानवग्रस्त बनेको हो ।
मृतकका आफन्तले हत्या गर्ने आशिष अधिकारिको घर गोठमा आगजनी गरेपछि स्थिति तनावग्रस्त बनेको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ । आक्रोशित आफन्तको आगजनीबाट गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कन्चनपुर प्रहरीले जनाएको छ ।
चार दिनदेखि हराइरहेका बालक तिलक चन्द बुधबार मृत भेटिएका थिए । प्रहरीले हत्या गर्ने उनकै सहकर्मी आशिष अधिकारीलाई पक्राउ गरिसकेको छ।
पक्राउ परेकाले प्रारम्भिक बयानका क्रममा मृतकको कानमा लगाएको सुनको मुन्द्रा लुट्नका लागि हत्या गरेको बयान दिएको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठीले बताए ।
चन्द विद्यालयबाटै भदौ २५ गतेदेखि बेपत्ता रहेका थिए । विद्यालयबाटै बेपत्ता भएका विद्यार्थीको शव खेतमा घाँस काट्न गएका महिलाले खोला किनारामा देखेपछि बुधबार राति ८ बजे प्रहरीलाई खबर गरेका थिए