बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बिरामीको मृत्यु भएपछि ओम अस्पताल तनावग्रस्त, अनिश्चितकालका लागि अस्पताल बन्द

बिहिबार, भाद्र २९ २०७४

काठमाडौं भदौ, २९–
अस्पतालमा भर्ना भएकी बिरामीको मृत्यु भएपछि बुधबारदेखि ओम अस्पताल तनावग्रस्त बनेको छ । गत शनिबार अस्पताल भर्ना भएकी बुटवलकी ४० वर्षीया कमला भट्टराईको अस्पतालमा  मृत्यु भएपछि चिकित्सकको लापरवाहीले बिरामीको मृत्य भएको भन्दै   मृतकका आफन्त आन्दोलनमा उत्रिएका हुन् । नाकको शल्यक्रिया गर्ने क्रममा ४० वर्षीया कमला भट्टराईको मृत्यु भएको हो । 
भट्टराई नाकको कुर्कुरे हाड सोझ्याउन अस्पताल पुगेकी थिइन्। शल्यक्रियापछि भट्टराईको नाकबाट रगत बगिरहने, लगातार बान्ता हुने र पिसाब रोकिने समस्या देखिएको मृतकका आफन्तले बताए।
ओम हस्पितल एण्ड रिसर्च सेन्टरका प्रसासन प्रमुख प्याकुरेलले विज्ञप्ति जारी गरी बिरामी कमला भट्टराईको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै बिहिबार  २ बजे पीडित र अस्पताल प्रशासनपक्षबीच वार्ता आह्वान गरेका छन्। साथै विज्ञप्तिमा अर्को सूचना जारी नभएसम्म बहिरंग सेवा बन्द गरिएको जनाइएको छ।
भट्टराईको मृत्युबारे छानबिन गर्नुपर्ने, अस्पतालले लापरवाही स्वीकारेर माफी माग्नुपर्ने माग मृतकका आफन्तले राखेका छन्। अस्पतालका प्रशासन प्रमुख विनय प्याकुरेलले भने भट्टराईको उपचारमा डाक्टरको लापवाही नभएको दाबी गरे। ‘शल्यक्रियाका क्रममा कहिलेकाहीँ यस्तो घटना हुन सक्छ। जहाँ चिकित्सकको लापरवाही भएको भन्न मिल्दैन, प्याकुरेलले भने, ‘यस विषयमा आफूहरू छानबिन गर्न तयार छौं। त्यसका लागि मृतकका आफन्त कानुनी प्रक्रियामा जान पनि सक्छन् ।