बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

धनुषालाई कांग्रेसको किल्ला बनाउने विमलेन्द्रको उदघोष्

सोमबार, भाद्र २६ २०७४

काठमाडौं भदौ, २६–
कांग्रेस नेता विमलेन्द्र निधिले एमाले नेता माधवकुमार नेपालको उत्तर कोरिया भ्रमण चिनियाँ राजदुतको सल्लाहमा भएको प्रष्ट पारेका छन् ।  

 

सोमबार जनकपुरमा पत्रकार सम्मेलनमा बोल्दै  पूर्व गृहमन्त्री समेत रहेका कांग्रेस नेता  निधिले राष्ट्रसंघले नाकाबन्दी लगाएको उत्तर कोरिया गएको भन्दै नेपालको आलोचना गरे । उनले चीन र उत्तर कोरियाको साठगाँठ रहेको र चिनियाँ राजदूतकै सल्लाहमा पूर्वप्रधानमन्त्री नेपाल उत्तर कोरिया गएको दाबी समेत गरे । 

 निधिले भने, ‘एमालेको राष्ट्रियता कताबाट सञ्चालित छ भन्ने यसबाटै प्रष्ट हुन्छ ।’

पत्रकार सम्मेलनमा नेता निधिले एमालेको चर्को आलोचना  समेत गरे । उनले  एमाले संघीयता र मधेस विरोधी पार्टी भएको भन्दै प्रदेश २ का जनताले उसलाई नपत्याउने जनाए ।

प्रदेश २ मा १०० सिट जित्ने कांग्रेसको लक्ष्य रहेको भन्दै नेता निधिले  आफ्नो गृह जिल्ला समेत रहेको धनुषालाई कांग्रेसको किल्ला बनाउने उदघोष समेत गरे ।