बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

खाद्य संस्थानको जग्गामा काण्डैकाण्ड

सोमबार, भाद्र २६ २०७४

काठमाडौं,
सधैँ भाडा शुल्कमा विवादित बनेको माइतीघरबाट भद्रकाली जाने छोटो दूरीको सडक खण्डमा रहेको खाद्य संस्थानको जग्गाको पुनः फनल्याण्ड इन्टरटेनमेन्ट प्रालि ललितपुरसँग १० वर्षे ‘भाडा सम्झौता’ गरिएको छ । भाडा विवादमा दिइएको उक्त जगलाले विवाद साम्य पाला की पुन ठूलो समस्या खडा गर्ने विषय  सरोकारवालाहरु प्रश्न उठाएका हुन् ।
 उक्त कम्पनीले फनपार्क निर्माण गर्ने र प्रतिमहिना  एक लाख ५१ हजार संस्थानलाई बुझाउने गरी सम्झौता गरेको पाइएको हो । योभन्दा अघि मनोज ड्राइभिङ सेन्टरले जग्गा भाडामा लिँदा संस्थान तीव्र आलोचनामा परेको थियो ।  ‘प्राइम’ जग्गा  ड्राइभिङ सेन्टरलाई मासिक ३४ हजार रुपैयाँ प्रतिमहिनाको दरमा मात्रै सम्झौता भएको भन्दै संस्थान विवादमा तानिएको थियो । थोरै पैसामा भाडा सम्झौता भएर पनि संस्थानको प्रशासनले मिलेमतो गरेर भाडा शुल्क नउठाएको भन्दै मुद्दा समेत चलेको थियो । अहिले पनि सम्झौता उच्च शुल्कमा भए पनि भाडा रकम नियमित पाउने गरी भएको छ वा संस्थानको अधिकारीसँग मिलेमतो भएको छ भन्ने विषयमा सरोकारवालाहरुले आशंका गरेका छन् । संस्थानका प्रवक्ता शंकर सापकोटाका अनुसार सम्झौताअनुसार नै हरेक महिना भाडाको रकम लिइनेछ । त्यसमा शंका गर्नुपर्ने कुनै कारण नै नभएको उनले बताए । अहिले भएको सम्झौताअनुसार हरेक दुई वर्षमा १० प्रतिशतको दरले भाडा रकम वृद्धि गरिने भएकोले पनि समयसापेक्ष भाडा आउने भएकाले संस्थानलाई घाटा नपर्ने उनको भनाइ थियो । अहिलेको सम्झौता नियमसंगत भएको र यो सम्झौताले पहिलेको विवाद बिर्साउने उनको आशा छ ।
असार ७ गते सम्झौता भए पनि फनपार्क निर्माणकार्य सुरु हुनसकेको छैन । फनल्याण्ड इन्टरटेनमेन्ट प्रालिका प्रोपाइटर थार्चिन ब्लोन लामाले कम्पनीको आन्तरिक कारणले निर्माण काम सुरु हुन नसकेको बताएका छन् । उनले निर्माणको लागि लगानी समेत कति हुने भन्ने विषयमा एकीन गर्न नसकिएको बताए । उनले केही दिनमा नै निर्माणकार्य सुरु गरिने तथा ३÷४ महिनाको अन्तरालमा सञ्चालन गरिसक्ने बताए । उक्त जग्गा पहिले विवादमा आएको आफूले जानकारी पाए पनि स्वच्छ व्यवसायीको मानसिकताबट आफू अघि बढ्ने दाबी गरे । नियमित रुपमा तोकिएको रकम र समयमा भाडा तिर्ने र त्यसमा कसैले शंका नगर्न आग्रह गरे ।
 संस्थानको नेपालभरमा अत्यधिक जग्गा रहेको छ । उपत्यकामा दुई स्थानमा थापाथली तथा भद्रकालीमा संस्थानले प्रयोग गर्न नसकेको जग्गा अधिक मात्रामा छ । थापाथली तथा थापाथलीमा केही भागमा रहेको भवनमा गोदाम रहे पनि धेरै जग्गा प्रयोगविहीन रहँदै आएको छ । त्यस्तै भद्रकालीस्थित फनल्याण्डले भाडामा लिएको सँगै जोडिएको भवन समेत प्रयोगविहीन भएको थियो । केही महिनाअघि उपभोक्ता हितसंरक्षण विभागले केही भाग भाडामा लिए उक्त भवनमा संस्थानको अनुगमन शाखा सरेको छ । उपत्यकाबाहिर समेत संस्थानको अत्यधिक मात्रामा जग्गा भएर पनि प्रयोगमा आउन नसकेको संस्थानका प्रवक्ता सापकोटाले बताए । आजको अमृतबजार साप्ताहिकमा खबर छ ।