काठमाडौं भदौ, २५–
प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि मन्त्रिपरिषद् विस्तारको तयारीमा लागेका छन् । प्रधानमन्त्री देउवाले आज (आईतबार) राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का तर्फबाट मन्त्री थपेर सरकार विस्तारको तयारी गरेको बालुवाटार श्रोतले जनाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी )प्रजातान्त्रिक)का तर्फबाट दीपक बोहरा, विक्रम पाण्डे, रामकुमार सुब्बा र सुनिल थापाको नाम मन्त्री बन्ने चर्चामा छ । तर, देउवा भने राप्रपा प्रजातान्त्रिक तीनजनालाई मात्र सरकारमा सहभागी गराउने तयारीमा रहेको बुझिएको छ ।
देउवाले आफैसँग राखेका उद्योग, वन तथा भूसंरक्षण, विज्ञान तथा प्रविधि र शान्ति तथा पुनर्निर्माण मन्त्रालय मध्येबाट तीन मन्त्रालय राप्रपालाई दिने तयारी गरेका छन् ।