बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेपाल बंंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाको पदावधी थप

आइतबार, भाद्र २५ २०७४

काठमाडौ भदौ, २५-
नेपाल बंंगलादेश बैंकमा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाको पदावधी थप भएकोे छ । बैकको भदौ २४ गते बसेको सञ्चालक समितीको प्रमुख कार्यकारी ढुंगानाकोे पदावधी चार बर्षको लागि थप भएको हो ।  
यसैबिच बैंकको सोही दिन बसेको सञ्चालक समितीको तीन सय नवौ बैठकले १२ प्रतिसत बोनस सेयर र कर प्रयोजनको लागि तीन दसमलव ७९ प्रतिशत नगद लाभांस बितरण गर्ने घोषणा गरेको हो । लाभांस बितरण सम्वन्धी प्रस्ताव नेपाल राष्ट्र बैकको स्वीकृती एवं बैंकको आगामी बार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।