काठमाडौ भदौ, २३–
एभरेष्ट बैंकले भारत बाट नेपालमा रकमान्तर गर्ने सम्बन्धमा ट्रावल तथा टुर अपरेटर संग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बैंकले नेपाल ट्रावल तथा टुर एजेन्ट संघका अध्यक्ष मधु सुदन आचार्य र बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठको उपस्थितिमा भारतबाट सहज ढङ्गले नेपाल रकम पठाउने सुबिधा बारेमा ट्रावल तथा टुर एजेन्ट संग अन्तरक्रिया कार्यक्रम संचालन गरेको हो ।
आफ्नो पन्जाब नेसनल बैंकमार्फत पनि रेमिट्यान्स रकमान्तर गर्दै आएको छ । यस सुबिधामा ग्राहकहरुले पन्जाब नेसनल बैंकका शाखाहरु, पन्जाब नेसनल बैंकको मोबाइल वा इन्टरनेट बेंकिंग सुबिधा तथा ब्वासायिक प्रतिनिधिहरु मार्फत एभरेष्ट बैंकमा सिधै रकम पठाउन सक्नेछन । अन्तरक्रिया कार्यक्रमको मुख्य उदेश्य भारत बाट नेपाल सजिलो तथा भरपर्दो माध्यम बाट रकम पठाउन सकिने सुबिधा बारे जानकारी गराउनु रहेको बैकले जानकारी दिएको छ । उक्त कार्यक्रममा नेपाल भारत रेमिटेन्सको थप जानकारी बैंकका नायब महाप्रबधंक राजीव जेनले दिएका थिए ।
बैंकले हाल आफ्ना ६४ वटा शाखाहरु, दुुई वटा एक्सटेन्सन काउन्टर, २८ राजश्व संकलन काउन्टर र ९१ एटिएम तथा बृहत संजाल मार्फत बित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । साथै एभरेष्ट बैंक भारतमा आफ्नै प्रतिनिधि कार्यलय भएको पहिलो बैंक भएको जानकारी पनि उक्त कार्यक्रममा दिईएको थियो ।