काठमाडौं भदौ, २३–
बिहिबार धनुषधाम नगरपालिकाका मेयर उम्मेदवारको घरमा बम विष्फोट भएको छ ।
धनुषाधाम नगरपालिकामा राप्रपाका तर्फफबाट मेयरका उम्मेदवार बनेका प्रक्षा शाह मल्लको घरमा बम विष्फोट भएको हो । मेयर उम्मेदवार मल्लको घरको कम्पाउण्डमा बम विस्फोट भएको धनुषाका प्रहरी नायव उपरीक्षक प्रविन धितालले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक धितालका अनुसार विस्फोटबाट कुनै मानवीय क्षति भएको छैन । घरको कम्पाउण्डमा विस्फोट भए लगत्तै प्रहरी इन्स्पेक्टरको कमाण्डमा प्रहरी घटनास्थलमा गएको धितालले जनाए । प्रहरीका अनुसार घटनामा संलग्नको खोजी कार्य जारी छ ।