बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

झ्यालबाट हाम फालेर गर्भवती महिलाले गरिन् आत्महत्या

बिहिबार, भाद्र २२ २०७४

चीन भदौ, २२–
एक गर्भवती महिलाले अस्पतालको झ्यालबाट हाम फालेर अत्महत्या गरेकी छन् ।
चीनमा मा उपनाम दिइएको २६ वर्षीया महिलाले उत्तरी शाङसी प्रान्तको अस्पतालमा आत्महत्या गरेकी हुन् । यो घटना एक साता अघि कै हो । तर, भर्खरै मात्र सार्वजनिक भएको छ ।
आत्महत्या गर्नुका कारण शल्यक्रिया गर्न परिवार तयार नहुनु भनिएको छ । अस्पतालका डाक्टर हूओ जुनका अनुसार माले दुई पटक वार्ड छाडेकी थिइन् र परिवारका सदस्यलाई असाध्यै पीडा भएको भन्दै शल्यक्रिया गर्न आग्रह गरेकी थिइन् । तर, उनको श्रीमानले अस्वीकार गरे ।
अस्पतालका अनुसार मा ४१ साताको गर्भवती थिइन् । गर्भमा रहेको शिशुको टाउको ठूलो भएकाले नर्मल डेभिलरी जोखिमयुक्त हुने भएकाले चिकित्सकहरुले परिवारको राय मागेका थिए । बीबीसी