बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नायिका बर्षा राउत भोट माग्दै घरदैलोमा

बुधबार, भाद्र २१ २०७४

महोत्तरी भदौ, २१– 
नायिका बर्षा राउत यतिबेला सिनेमाका सम्पूर्ण काम छाडेर प्रदेश २ को चुनावी प्रचार प्रसारमा लागेकि छन् । यतिबेला उनलाई प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचन  प्रतिस्ठाको लडाई बनेको छ ।   उनी अन्य दलका नेता कार्यकर्ताजस्तै  भोट माग्दै घरदैलोमा हिड्न थालेकी छिन् । उनी आफ्नो लागि नभएर   बाबु सुरेश राउतको लागि मत माग्न हिडेकि हुन् । बर्षाका बाबु सुरेश महोत्तरीको बर्दिवास नगरपालिकामा नेकपा एमालेबाट मेयर पदका उम्मेद्धार बनेका छन् ।   उनी आफ्ना  बाबुलाइ जिताउन  भोट माग्दै घरदैलोमा हिड्न थालेकी हुन् ।

बाबुसँगै चुनाव प्रचारमा हिडेकी अभिनेत्री बर्षा घरदैलोमा पुग्ने र महिलाहरुसँग भोट माग्ने गरेकी छिन् ।  २ दिनअघि महोत्तरी पुगेकी रावत पुगेकै दिनदेखि चुनाव प्रचारको चटारोमा छिन् ।